काठमाडौं महानगर-१३ मा एमाले विजयी

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, ०८ : ३१
काठमाडौं महानगर-१३ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए । महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् ।

खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए । महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस