काठमाडौंको मतगणना अन्तिम चरणमा, ८ हजार मत गन्न बाँकी

स्वतन्त्र उम्मेदवार बालेनको जित निश्चित

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, ०८ : ०२
काठमाडौंको मतगणना अन्तिम चरणमा, ८ हजार मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकामा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल वडा नम्बर १४,१५ र १६ को मतगणना चलिरहेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले बिहीबार जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ८ हजार हाराहारीमा मत गन्न बाँकी रहेकाले बिहीबार नै अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ ।  काठमाडौं महानगरपालिकाको खसेको मतमध्ये हालसम्म १ लाख ८३ जहार ६७९ मत गणना सम्पन्न भएको छ । जसअनुसार मेयर पदमा बालेन्द्र साहले ५९ हजार १४९ मत पाएका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । 

यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१६ मत पाएर तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी उपमेयरमा एमालेकी सिर्जना डंगोलले सबैभन्दा धेरै मत पाएकी छन् । उनले ६६ हजार ७ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएकी छन् भने राप्रपाका उम्मेदवारले ११ हजार ६४७ मत पाएका छन् ।

गन्न बाँकी मत भन्दा धेरै संख्याको मतान्तर भएपछि साह र डंगोल क्रमशः मेयर र उपमेयरमा विजयी भइसकेका छन् । मतगणना सकिएपछि निर्वाचन आयोगले औपचारिक घोषणा गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस