बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाइन्छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १८ : १२
बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाइन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाइने बताएका छन् ।बुधबार सरकारी निवास बालुवाटारमा आफ्नै पार्टी नेपाली कांग्रेसका महिला नेतृहरुबाट ज्ञापन पत्र बुझ्दै उनले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका हुन् ।

उनले ज्ञापन पत्र बुझ्दै भने, ‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ ।’प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वको टोली पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको थियो । टोलीले महिलासम्बन्धी मुद्दाको हदम्यादसँगै अन्य विषयबारे पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेको थियो ।

टोलीले प्रधानमन्त्री देउवालाई लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन र आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्य पूर्ण रुपमा समेटिनुपर्ने पनि ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस