एजेन्सी । प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । देश आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।
श्रीलंकाले विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ, जसका कारण इन्धन, खाद्यन्नलगायत अत्यावश्यक बस्तुको चरम अभाव देखिएको छ । आर्थिक संकटबीच महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले दुई साताअघि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।
वकिल हुँदै राजनीतिमा लागेका विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ ।
विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ जेठ २०७९, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस
श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै
श्रीलंकामा पदयात्राका क्रममा अलपत्र परेका १८० विद्यार्थीको उद्धार
अदालतले पुनःस्थापना गर्यो निलम्बित श्रीलंकाली क्रिकेट बोर्ड
विश्वकप क्रिकेट : श्रीलंकाद्वारा पाकिस्तानलाई ३४५ रनको लक्ष्य
श्रीलंकाले निजी विश्वविद्यालयमा पढ्न निर्ब्याजी ऋण दिने