नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १२ : ५०
नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाएको छ । यसअघि ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए । अ

ब बढेको तलब अनुसार पुरुष तर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस