काठमाडौं । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ ।
प्रहरी नायव उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो ।
अभियानको पहिलो दिन विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई लागूऔषधको विषयमा सजग गराइएको थियो ।
शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँग छलफल भइरहेको प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।
प्रहरीले सुरुवात गरेको यो अभियानलाई स्थानीय समाजसेवी तथा राजनीति दलहरूले स्वागत गरेका छन् । पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका नेता फाल्गुन सुस्लिङ्ग मगरले शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी यस्ता प्रहरीको यो भूमिका सराहनीय भएको बताए ।
मगरले भने :` लागूऔषध न्यूनीकरण बर्दिबासमा ठुलो चुनौती बनिरहेको छ । यसलाई न्यूनीकरण गर्न प्रहरीका सचेतनामूलक कार्यक्रमहरू प्रत्येक विद्यालय र क्याम्पसमा लैजानुपर्छ ।´
यसपछि किसाननगरमा चट्याङबाट बच्न अपनाउनु पर्ने कार्यक्रम र अन्य सुरक्षाका विषयमा सचेतना जगाउने कार्यक्रम रहेको नायव उपरीक्षक रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्
नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा (सूचीसहित)
आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी
राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध
२० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना
काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी