सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा प्रहरी कार्यालय घेराउ

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १६ : ३१
सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा प्रहरी कार्यालय घेराउ

काठमाडौं । काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले गौशाला प्रहरी वृत घेराउ गरेका छन्। कलेजकी छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई बचाउन खोजेको भन्दै उनीहरुले प्रहरी चौकी घेराउ गरेका हुन्।

कलेजका शिक्षकले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका शिक्षकलाई राखिएको गौशाला प्रहरी चौकी विद्यार्थीले घेराउ गरेका हुन्। कलेज प्रशासनले उक्त घटना लुकाउन खोजेको विद्यार्थीहरुको आरोप छ।

प्रतिक्रिया दिनुहोस