इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन १५ विद्यार्थी संगठनको माग

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १५ : ४५
इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन १५ विद्यार्थी संगठनको माग

काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतमा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका छन् ।पेट्रोलियम पदार्थमा लगाइएको करको पुर्नविचार,वैकल्पिक उर्जाको खोज अनुसन्धान तथा इन्धनमा भारतको एकाधिकार हटाउन माग गरिएको छ ।

विद्यार्थी संगठनको माग प्रति उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री बडु सकरात्मक रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘फिर्ता नै गर्ने प्रतिवद्धता त गर्नुभएन । अब बढ्न नदिने बचन दिनुभएको छ ।’ शेर्पाले भने ।

सरकारले सरकारले बैशाख ३१ र जेठ ८ मा गरि छोटो समयमा इन्धनमा अत्यधिक मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस