सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १५ : ३८
सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा

काठमाडौं । लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्दै आइरहेको ब्राण्ड सिजी अन्तर्गत सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू भएको छ ।

‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्दछ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिन्छ । 

६० डिग्रीक‍ो उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने यसको विशेषता रहेको छ । ‘सेल्फ डायग्नोसिस’, उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषता भएको एसीले लिकेजहरू समेत पत्ता लगाउँछ । 

१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटोसेन्सिटिभ सेन्सर जडान भएको छ । गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइओएस डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस