स्थानीय तह निर्वाचन

पोखरा महानगरपालिकाको मतगणना स्थगित

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १३ : २६
पोखरा महानगरपालिकाको मतगणना स्थगित

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।

नेकपा एमालेले पोखरा १८ र  ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस