मन्त्रिपरिषद बैठकद्धारा सरकारको नीति तथा कार्यक्रम अनुमोदन

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १२ : २८
मन्त्रिपरिषद बैठकद्धारा सरकारको नीति तथा कार्यक्रम अनुमोदन

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्बाट पारित नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, लोकप्रिय कार्यक्रमलगायतमा केन्द्रित रहेको बताइएको छ ।सरकारले मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस