काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ ।
संघको विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए ।
बैठकले संघको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तराष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धती लगायतका विषयमा केन्द्रीत रहेर कार्यविधि बनाउने निर्णय गरेको छ । बैठकमा संघको १० औं महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।
बैठकले आगामी एक हप्ताभित्र संघका अध्यक्षत्रय कुल आचार्य, रविना। थापा र डा। बद्री केसी र महासचिवद्धय गौरी जोशी र डा। केशव पौडेललाई। समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ । बैठकमा समितिका सदस्यहरु यासमिन वेगम सयैद, नारायण आचार्य, भूषण घिमिरे, नरेन्द्र भाट र महेश श्रेष्ठको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण