ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक युवक सम्पर्कबिहिन

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १० : ३४
ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक युवक सम्पर्कबिहिन

काठमाडौं ।ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक विद्यार्थी सम्पर्कबिहिन भएका छन् ।मंगलवार राति सवा ८ बजेदेखि सरोज लिम्बु सम्पर्कबिहिन भएको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । 

बा२१प ८२७० नम्बरको उनको मोटरसाइकल समेत नभेटिएको प्रवक्ता शाहको भनाइ छ । लिम्बुको अन्तिम ठेगाना ललितपुरको लेले देखिएपछि रातभर त्यसआसपास खोजी गरिएको उनले जानकारी दिए ।उनले भने,‘हिजो रातभर लेले आसपासमा खोज्यौं, तर फेला परेका छैनन् ।’लिम्बु मंगलवार बिहान पौने १० बजेसम्म पनि सम्पर्कमा आएका छैनन् ।  

प्रतिक्रिया दिनुहोस