बाघको आक्रमणमा परी भरतपुरकी एक महिला बेपत्ता

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १५ : ३६
बाघको आक्रमणमा परी भरतपुरकी एक महिला बेपत्ता

चितवन । चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गरेको छ ।

आज (आइतबार) २ बजे भरतपुर महानगरपालिका १३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय अन्दाजी ५०/५२ वर्षीय फूलकुमारी बोटेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परेकी बोटे विपत्ता भएकी छन् । हात्तीसहितको टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस