काठमाडौंमा बालेनकाे मत ४० हजार नजिक

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ११ : ४७
काठमाडौंमा बालेनकाे मत ४० हजार नजिक

काठमाडौं ।काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। एक लाख १० हजार ५३३ मतगणना गर्दा बालेनले ३९ हजार ५१५ मत ल्याएर अग्रता कायमै राखेका छन्। 

बालेनले अग्रता कायमै राख्दा गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार २७० मत ल्याएकी छन्। उनले एमालेका केशव स्थापितलाई उछिनेर दोस्रो स्थानमा पुगेकी छन्।एमालेका स्थापित २१ हजार ७७५ मतका साथ तेस्रो स्थानमा छन्। मतगणना राष्ट्रिय सभागृहमा जारी छ। 

प्रतिक्रिया दिनुहोस