पोखराका मेयर जिसीको वडामा कांग्रेसका उम्मेदवार विजयी

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ११ : ४१
पोखराका मेयर जिसीको वडामा कांग्रेसका उम्मेदवार विजयी

पोखरा।पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी को गृह वडामा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट प्रमुखमा निर्वाचित  जि.सी कै वडा–२८ मा कांग्रेसका उम्मेदवारले एमालेको उम्मेदवारलाई १५२ मतान्तरले पराजित गरेका हुन्।

कांग्रेसका श्रीकृष्ण लामिछाने १ हजार ६५८ मत पाउँदा एमालेका बैनबहादुर गुरुङले १ हजार ६५६ मत प्राप्त गरे। महिला सदस्यमा पनि कांग्रेसकै डाल्डादेवी भुजेल विजयी भएकी छिन्। भुजेलले १ हजार ६५६ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी राधिका पौडेलले १ हजार ४८० मत पाएकी छिन्।

दलित महिला सदस्यमा पनि कांग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन्। कामीले १ हजार ५६२ मत ल्याउँदा एमालेकी सरु विश्वकर्माले १ हजार ५१४ मत ल्याइन्। खुल्ला सदस्यमा नेपाली कांग्रेसबाट कमल थापा र नेकपा एमालेका वीरेन्द्र भण्डारी विजयी भएका छन्। 

प्रतिक्रिया दिनुहोस