बाराको आदर्श कोतवाल गाउँपालिकामा काँग्रेस विजयी

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ११ : २६
बाराको आदर्श कोतवाल गाउँपालिकामा काँग्रेस विजयी

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जवाहर प्रसाद ४ हजार ८७ मत ल्याएर बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाको निवर्तमान अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार मुस्तुफा अन्सारीले २ हजार ८३७ मत प्राप्त गरे ।गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै मिरा देवी ३ हजार ३७५ मत ल्याउँदै निर्वाचित भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बासमती देवी यादवले २ हजार ६२६ मत ल्याईन । ८ वटा वडाहरु रहेको गाउँपालिकाको वडा नम्बर २,३,७ र ८ मा काँग्रेसले वडाध्यक्ष जितेको छ ।

वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, ४ मा नेकपा एमाले, ५ मा स्वतन्त्र उममेदवार र वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।०७४ सालको स्थानीय तहको निर्वाचनमा या गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष उपाध्यक्ष जितेको थियो ।सो बेला अध्यक्षमा जितेका मुस्तुफा अन्सारी यस निर्वाचनमा पार्टी परिवर्तन गरि एमालेबाट अध्यक्षमा लडेर पराजित भएका हुन ।

 

प्रतिक्रिया दिनुहोस