काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ ।
कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।
नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ ।
केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ जेठ २०७९, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने