भरतपुरमा साझसम्म अत्यावस्यक सेवा प्रदायक निकायमा बिद्युत सुचारु हुने

सबै ठाउँमा बिद्युत सहज गराउन निरन्तर प्रयास गर्दै कार्यालय प्रमुख सिहं

प्रकाश सिग्देल

शनिबार, ०७ जेठ २०७९, १७ : १९
भरतपुरमा साझसम्म अत्यावस्यक सेवा प्रदायक निकायमा बिद्युत सुचारु हुने

चितवन  । चितवनका सबै ठाउँमा विद्युत सेवा सुचारु गराउन अझै २ दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरका दजनौ ठाउँमा मुख्य प्रसारण लाइन तथा वितरण लाइनका विद्युतका पोलहरु ढलेर निकै ठुलो क्षति भएकाले सबै ठाउँमा नियमित विद्युत दिन थप २ दिन लाग्न सक्ने विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्र प्रमुख राजीब कुमार सिहंले बताए ।

सुरुमा अस्पताल,खानेपानी,टेलिकम, मतगणना स्थल नारायण्गढ बजार क्षेत्र लगाएत अत्यावश्यक सेवामा लाइन सुचारु गराउन आफु लागेको सिहंले बताउनु भयो ।शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीका कारण  रूख ढल्दा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गतका झण्डै १ सय विद्युतका पोल भाँचिएका छन् ।

दिनभरी भरतपुर क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका  पोल भाँचिदिएको छ भने भरतपुर बाईपासमा डिभिजन सडक कार्यालय अगाडि रहेको वरको रुख र तालिम केन्द्र अगाडि रुख लडेर  तीन वटा फिडरको ११ के भी प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिएको हो । प्राधिकरणले १०० बढी जनशंक्ति परिचालन गरेर छिटोभन्दा छिटो बिद्युत सुचारु गर्न प्रयास गरिरहेको छ ।

साँझसम्म बाईपास सडकमा नयाँ पोल हाल्ने र तार तान्ने काम सकिएपनि  अन्य क्षेत्रको काम सक्न समय लाग्ने  बितरण केन्द्र प्रमुख राजीव कुमार सिहंले बताउनु भयो । सिहं दिनभरी चर्को घाममा वाईपास सडकमा रहेर विद्युतको पोल गाड्ने र तार तान्ने काममा सक्रिय हुनुभएको थियो । प्राधिकरणले १०० बढी जनशंक्ति परिचालन गरेर छिटोभन्दा छिटो विद्युत सुचारु गर्न प्रयास गरिरहेको छ ।

हावाहुरीका कारण प्राधिकरणलाई लाखौको क्षती भएको बताईएको छ । क्षतीको बिवरण भने काम सकिएपछि मात्रै आउने  बताए । पोल गाड्न तथा तार तान्ने काममा नहरचोकमा एक घरधनीले अवरोद्ध गरेपछि प्रहरीनै लगाएर काम गर्नु पर्ने बाध्यता समेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस