आईपीएल क्रिकेटमा चेन्नईमाथि राजस्थानको जित

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १३ : २२
आईपीएल क्रिकेटमा चेन्नईमाथि राजस्थानको जित

काठमाडौं । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग खेलमा आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

शुक्रबार राती भएको खेलमा चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ। राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाएका छन्। चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिएका थिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेकोचेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन जोडेकाे छ । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेलेका छन्। जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौँ स्थानमा रहेकाे छ। यसअघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् । आईपीएलमा शनिबार एक मात्र खेल हुनेछ। खेल राति ७:४५ बजेदेखि सुरु हुनेछ।

मुम्बईमा हुने खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस