चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो ७० हजार ७७५ मतगणनाको परिणाम अनुसार उनले २७ हजार ५२३ मत पाएकी छिन् । उनको ५ हजार १६७ मतको अग्रता कायम छ ।
मतगणनाको शुरुवाती चरणमा निकटतम प्रतिष्पर्धीसँग धेरैथोरै मतले मतान्तर हुँदै आएकोमा अहिले भने दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार ३६० मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ६०२ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी २९ हजार ६७५ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले १७ हजार ३९३ मत पाएकी छन् ।
महानगरको वडा नम्बर १५ को जारी मतगणनामा काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । उनले १ हजार ३८ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एकिकृत समाजवादीका उम्मेदवारले ७१८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण