काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन ।
त्यस्तै उपाध्यक्षमा उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी घोषित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।
११ वटा वडा रहेको नगरमा वडा नम्बर १ वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३ सय ९१ मत ल्याई विजयी भए ।
वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर केल ९ सय ४५ मत प्राप्त गरे, यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजार ३ सय ९६ मत ,वडा नम्बर ४ मा नेपाली कांग्रेसका राम प्रसाद अधिकारी २ हजार १ सय ८३ मतका साथ विजय भए ।
वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४ सय ६० मतले, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गोपाल पोख्रेल १ हजार ८ सय २२ मतले, वडा नम्बर ७ मा पनि कांग्रेसकै राज कुमार चौधरी १ हजार १० मतले, वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २ सय १९ मतले, वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे १ हजार १ सय ४९ मतले विजयी बनेका छन् ।
यस्तै वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७ सय १२ मतले र वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुसाल १ हजार ६ सय ५ मत सहित भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि अध्यादेशको विपक्षमा उभियो मधेश केन्द्रित ८ दलीय गठबन्धन
भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित ८ दलीय गठबन्धन
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले