काठमाडौ । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख २ हजार ५० रहेको छ ।
समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ७ हजार २२९ टुजी प्रविधिका ग्राहक गरेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो महिना अर्थात २०७ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।
नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी तथा एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको जनाएको छ ।
फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्द भने फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा पनि हुनु जरुरी हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या : नेपाल टेलिकम
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा