बढी मत भेटिएपछि रंगेलीमा तनाव, प्रहरीद्वारा दुई राउण्ड अश्रुग्यास प्रहार

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १६ : ४९
बढी मत भेटिएपछि रंगेलीमा तनाव, प्रहरीद्वारा दुई राउण्ड अश्रुग्यास प्रहार

विराटनगर  प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेली तनावग्रस्त भएको छ। मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेलीमा तनाव सृजना भएको हो।

मतगणनामा धाँधली गर्न खोजिएको भन्दै  राजनितिक दलका कार्यक्रमहरुले विवाद सृजना गरेपनि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो। मतगणना स्थलको सुरक्षामा  खटाइएका सुरक्षाकर्मीलाई कार्यकर्ताहरूले ढुुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको स्थानीयहरु बताउँछन्।मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।

रङ्गेली नगरपालिका वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितिक दलका कार्यकर्ताहरूले विरोध गर्दै आइरहेका थिए ।  यसै कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित गर्नुपरेको थियो । कुल ३२४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद सुरु भएको थियो ।

कम्प्युटरमा मत प्रविष्टिका क्रममा प्राविधिक गडबडी भए पछि  समस्या बल्झिएको रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताएका छन् ।

उनले प्राविधिक त्रुटीका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गर्दै उनले आफूहरुले  वडा नं. ७ बाट १० वटा मतपेटिका बुझिएको बताए ।उनले भने, ‘तर, मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटीका कारण १०७ मत बढी प्रविष्टि भएको रहेछ।’

प्रतिक्रिया दिनुहोस