अस्मिता अधिकारी र राजेश पायल राईको ‘तिम्रै नाम होस’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १६ : ००
अस्मिता अधिकारी र राजेश पायल राईको  ‘तिम्रै नाम होस’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको गीत ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ । गोपाल लोहारको शब्द तथा वसन्त सापकोटाको संगीत रहेको गीतको संजिव बराइलीले संगीत संयोजन गरेका हुन् । 

गीतको भिडियोमा गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबैको प्रेम र रोमान्स देखाउन खोजिएको छ । सुदिप बरालले छायांकन र अर्जुन जिसीको सम्पादन रहेको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस