नेप्से परिसूचक १५.८२ अंकले घट्यो, कारोबार रकम ९३ करोड २२ लाख

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १५ : २७
नेप्से परिसूचक १५.८२ अंकले घट्यो, कारोबार रकम ९३ करोड २२ लाख

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५.८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५.०९ बिन्दुमा आएर रोकिएको छ ।

शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबारबाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम भने मात्र ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र भएको छ ।

म्युचअल फन्ड बाहेक शुक्रबार सबै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ता छन् । घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको भने प्रतिकित्ता ३९ रुपैयाँका दरले मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २.७३ प्रतिशतले बढेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत बढ्यो । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको मूल्य ४.९४ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस