काठमाडौं । मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।
निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार १७८ वटामा विजयी बनेका हुन् । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । विभिन्न कारण स्थगित भएका तीन वटा केन्द्रमा निर्वाचन हुन बाँकी नै रहेको छ ।
मतगणना सम्पन्न भएका पालिकामध्ये एमालेले नेपाली कांग्रेस पछाडि बढी स्थानमा विजय प्राप्त गरेको छ । कांग्रेसले भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।
आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प