चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले २० हजार १२३ मत पाएकी छन् ।
उनी ३ हजार ३१० मतले अग्रस्थानमा छिन् । मतगणनाको शुरुवाती निकै प्रतिष्पर्धा देखिएपनि अहिले दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी २२ हजार ९५२ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत पाएकी छन् ।
महानगरको वडा नम्बर ११ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । उनले २ हजार ४९७ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी माओवादीका उम्मेदवारले १ हजार ९३१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान