काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले स्थानीय सरकारहरू अल्पकालीन राजनीतिक प्राथमिकताभन्दा दीर्घकालीन विकास योजनामा केन्द्रित हुनुपर्ने बताएका छन्।
टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तत्कालीन लाभभन्दा भविष्यमुखी योजनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार स्थानीय तहका जनप्रतिनिधिसँग आगामी २० देखि २५ वर्षपछि पनि स्मरणीय हुने खालका काम गर्ने ऐतिहासिक अवसर रहेको छ। त्यसैले विकास योजना बनाउँदा दीर्घ दृष्टिकोण अपनाउनुपर्नेमा उनले जोड दिए।
काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसमेत रहेका मन्त्री खनालले टोखाको भौगोलिक र शहरी अवस्थाबारे उल्लेख गर्दै दक्षिणी भाग घना बस्तीले भरिएको र उत्तरी क्षेत्र अझै खुला जमिनयुक्त रहेको बताए। यसलाई ध्यानमा राखेर व्यवस्थित शहरी विकास आवश्यक रहेको उनको भनाइ थियो।
उनले टोखाको ऐतिहासिक नेवार बस्ती र परम्परागत शनिबार बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरे। साथै, स्थानीय स्तरमा होमस्टे विकासले पर्यटन विस्तारमा योगदान दिन सक्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको शिष्टाचार भेट
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन
वैश्विक चुनौतीको सामना गर्न सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री खनाल