चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले १९ हजार ९२४ मत पाएकी छन् । उनी ३ हजार ३५६ मतले अग्रस्थानमा छिन् ।
मतगणनाको शुरुवाती निकै प्रतिष्पर्धा देखिएपनि अहिले दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६ हजार ५६८ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७५३ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी २२ हजार ४०३ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले १३ हजार १६३ मत पाएकी छन् ।
महानगरको वडा नम्बर ११ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । उनले २ हजार १६१ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी माओवादीका उम्मेदवारले १ हजार ६५४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना