काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।
बिहीबार राति १० बजे सार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका सवतन्त्र उम्मेदवार बालेन्द्र साहले २३ हजार ७६० मत पाएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी देखिएका एमालेका केशव स्थापित निकै पछि परेका छन् । उनले हालसम्म १२ हजार ५२४ मत पाएका छन् । यस्तै एमालेकी सर्जना श्रेष्ठले ११ हजार ८५२ मत पाएकी छन् ।
हाल मतगणना भइरहेको वडाहरुमा ६,७, ८, २७, २८, २९, ३१ र ३२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म ६३ हजार ६० मत गनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, २२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने