काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।
हालसम्म ५७ हजार १६९ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १७ हजार ८५३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।
नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६ हजार ६३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ५१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
हेटौँडाको अहिलेसम्म १३ वटा वडाको मतगणना समपन्न भइसकेको छ भने ७ वटा वडाको मत गणना जारी रहेको छ ।
हेटौँडामा वडा नम्बर १, २, ३, ६, ७, १६ र १७ को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि अध्यादेशको विपक्षमा उभियो मधेश केन्द्रित ८ दलीय गठबन्धन
भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित ८ दलीय गठबन्धन
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले