चौकुनेका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १४ : ४९
चौकुनेका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खड्ग विक ५ हजार ४७६ मत ल्याएर विजय भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसको नरबहादुर बान्तोला ४ हजार ७९१ मत ल्याएर निर्वाचित भएका छन्।

विकले ५ हजार ४७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत पाए। नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार रत्नाकुमारी बिसीले २९१ मत पाइन्।

नेकपा एमालेकी निर्मला मगर ३ हजार ९ मत ल्याएर दोस्रो भइन्।

प्रतिक्रिया दिनुहोस