सुनसरीको धरानमा रोकिएको मतगणना पुन: सुरु

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १४ : १२
सुनसरीको धरानमा रोकिएको मतगणना पुन: सुरु

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामामा रोकिएको मतगणना पुनः सुरु भएको छ ।  बुधबार दिउँसोदेखि मतगणना रोकिएको थिो । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका प्रतिनिधिले विरोध गरेका थिए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरिएको जानकारी दिएको छ । अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको छ । वडा नं. २० को मतगणना स्थगित गरी अरु वडाको गणना सुचारु भएको छ । २० नम्बर वडामा बुधबार १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन । 

यता, विराटनगर १२ मा पनि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ । ३२ सय २४ मत गणना हुँदा १३ वटा मतपत्र हस्ताक्षरविहीन भेटिएपछि एमालेका प्रतिनिधिले गणना बहिस्कार गरेका छन् । वडामा ६ हजार १४९ मत खसेको थियो ।

समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस