चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले ३ हजार मतले अग्रता कायम गरेकी छिन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि पारेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार ३८ हजार ८६४ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३ हजार १ मतले अग्रता लिएकी हुन् । उनले १४ हजार ७६६ मत पाईरहदा एमालेका सुवेदीले ११ हजार ७६५ मत पाएका छन् ।
त्यसतै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् । उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी वडा नं ८ मा गठबन्धनका अध्यक्षका उम्मेदवार जीवनाथ कंडेल निर्वाचित भएका छन् । काँग्रेसका नेता कंडेलले एमालेका तिलक दर्लामी मगरलाइ ३ सय मतले पराजित गर्दै विजय भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना