चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले ३ हजार मतले अग्रता कायम गरेकी छिन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि पारेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार ३८ हजार ८६४ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३ हजार १ मतले अग्रता लिएकी हुन् । उनले १४ हजार ७६६ मत पाईरहदा एमालेका सुवेदीले ११ हजार ७६५ मत पाएका छन् ।
त्यसतै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् । उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी वडा नं ८ मा गठबन्धनका अध्यक्षका उम्मेदवार जीवनाथ कंडेल निर्वाचित भएका छन् । काँग्रेसका नेता कंडेलले एमालेका तिलक दर्लामी मगरलाइ ३ सय मतले पराजित गर्दै विजय भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न