काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ ।
मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित भएको आयोगले जनाएको छ ।
‘गम्भीर गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नं, खटिएको मतदान केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ,’ आयोगले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
मतदानको सयममा मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टी सहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अकै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सहि विवरण तयार नगर्ने जस्ता कार्य हुँदा केही स्थानमा विवाद भई मतदान स्थगित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने
चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई आयोगले बोलायो
प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल