बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १५ : २३
बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन

काठमाडौं । विश्वको अग्रणी सेनेटरी वेयर स्पेस र प्रिमियम बाथरूम कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले नेपालमा ८ वटा नयाँशोरुमको उद्घाटन गरेको छ।

कम्पनीले नेपालका प्रमुखशहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा नयाँ शोरुमको विश्तार गरेको हो।कम्पनीले केई रंगनाथन, प्रबन्ध निर्देशक, रोकाबाथरूम प्रोडक्ट्स प्रा.लिको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँशोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो।

ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०% को बजार हिस्सा पाएको छ।विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोकाबाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक केई रंगनाथनले भने, “हामी हाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपालीबजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी छौं। हामी यस्ता बजारहरूमा हाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्नेछौं जहाँ हामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्रा ग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँबजारहरूमा प्रवेश गर्नेछौं।’’

उनले थपे, “हामीबजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना छ।’’

रोकाको बारेमा
“रोका बाथरूम स्पेसको लागि उत्पादनहरूको डिजाइन, उत्पादन र व्यावसायीकरणमा संलग्न कम्पनी हो, साथै वास्तुकला, भवन र भित्री डिजाइनका लागि सिरेमिक फ्लोर र भित्ता टाइलहरू मिउनु यसको प्रमुख काम हो। यस कम्पनीको उत्पत्ति १९१७ बाट भएको हो, जब रोका परिवारले गाभा (बार्सिलोना)मा निर्माण शुरु गरेका थिए। यसले स्थापनाको शताब्दी सम्ममा २२६०० भन्दा बढी कामदारहरूलाई रोजगारी दिने लक्ष्य राखेको छ। रोकाको ७८ उत्पादन प्लान्टहरू छन् भने पाँच महाद्वीपहरूमा १७० भन्दा बढी शहरहरुमा यसको उपस्थिति रहेको छ।

प्यारीवेरको बारेमा
प्यारीवेर, कम्पनीको पोर्टफोलियोको प्रमुख व्राण्ड हो।रोका ग्रुपभनेको १.८ युरो बराबरको बिशाल स्पेनी कम्पनी हो जो विश्वस्तरमा वाथरुम क्षेत्रमा अग्रणी स्थानमा रहि आएको छ।रोकाको विश्वस्तरीय सोघ अनुशन्धान र प्रविधिको आधारमा प्यारीवेरले आम जनताका माभ mआफ्नो विश्वस्नियता स्थापित गरेको छ जसकारण योव्राण्ड भारतको बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस