महोत्तरीको पहिलो नतिजा आयो, रामगोपालपुरमा एमाले विजयी

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०७ : ०३
महोत्तरीको पहिलो नतिजा आयो, रामगोपालपुरमा एमाले विजयी

महोत्तरी । महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा एमालेका उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन् । प्रमुख पदमा विजयी साहले ५ हजार ३४९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी  माओवादी केन्द्रका अशोककुमार मण्डलले ३ हजार ५८६ मत प्राप्त गरेको रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिए ।

त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले ४ हजार २६३ मत प्राप्त गरेको र उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पुष्पादेवी कुशवाहाले ३ हजार ४०३ मत प्राप्त गरेको रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस