निर्वाचनमा धाँधली भयो : लक्ष्मणलाल कर्ण

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १७ : ४३
निर्वाचनमा धाँधली भयो : लक्ष्मणलाल कर्ण

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले निर्वाचनमा धाँधली भएको बताएका छन । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता कर्णले निर्वाचनमा धाँधली भएको र निर्वाचन आयोग मुकदर्शक बनेको आरोप लगाए ।

आफूहरूले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहीत निर्वाचन भएको उनको भनाइ छ । त्यसको प्रभाव केही स्थानको मतपरिणाममा देखिएको उनले बताए ।‘निर्वाचन धाँधली भयो, निर्वाचन आयोग मुकदर्शक भयो,’ उनले भने, ‘हामीले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन देखिएन ।’

निर्वाचनमा पैसाको प्रभाव देखिएको भन्दै कर्णले भोकमरीको अवस्थामा जनताले केही दिन राम्रोसँग खान पाएको बताए। ‘निर्वाचनमा पैसाको प्रभाव देखियो,’ उनले थपे, ‘भोकमरीको अवस्थाका केही खान नपाएका मान्छेले ५र७ राम्ररी खान पाए ।’

प्रतिक्रिया दिनुहोस