कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्।नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्।निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्।
नगर उपप्रमुखमा एमालेका जोगरामले ७ हजार ५ सय ८३, माओवादीका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत पाएकी छन्। यहाँ गत निर्वाचनमा पनि माओवादीका पोतिलाल नै नगर प्रमुखमा विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १५ : २२
लेखकबाट थप