भरतपुर महानगर अपडेट : रेनु दाहाललाई ५९ मतको अग्रता, १७८४६ गन्दा दाहालको ५ हजार ९ सय ४७ मत

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०९ : ५८
भरतपुर महानगर अपडेट : रेनु दाहाललाई ५९ मतको अग्रता, १७८४६ गन्दा दाहालको ५ हजार ९ सय ४७ मत

चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार १७ हजार ८४६ मत गणना हुँदा रेनुले ५ हजार ९४७ मत पाएकी छन् । उनी ५९ मतले अग्रस्थानमा छिन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ८८८ मत पाएका छन् । अर्का  प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९०५ मत पाएका छन् ।

उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ७ हजार २५७ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ४ हजार ८२२ मत पाएकी छन् ।

त्यस्तै जारी गणनामा ५ नम्बर वडाको वडाध्यक्षमा काँग्रेस उम्मेदवारले १५० मत ल्याई अग्रस्थानमा छन् भने एमालेका उम्मेदवारले १३१ मतले पछ्याईरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस