एजेन्सी । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरूमा लाइनमा देखिन्छन् ।
एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७५ मिलियन डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने बताए ।
राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिए । महामारी, बढ्दो मूल्य बृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ जेठ २०७९, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि