अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका(५ लयाटीमा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो ।
मतदान केन्द्र नवज्योती माविमा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका छन् । मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ । अहिलेसम्म ३४ मत खसेको छ ।
आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका(१० को विजय मावि मतदान केन्द्र र बाजुराको बुढीनन्दा नगरपालिका(८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ ।
साँफेबगर नगरपालिका १३ बाब्लामा ६ जेठमा मतदान हुनेछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान