अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका(५ लयाटीमा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो ।
मतदान केन्द्र नवज्योती माविमा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका छन् । मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ । अहिलेसम्म ३४ मत खसेको छ ।
आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका(१० को विजय मावि मतदान केन्द्र र बाजुराको बुढीनन्दा नगरपालिका(८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ ।
साँफेबगर नगरपालिका १३ बाब्लामा ६ जेठमा मतदान हुनेछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान