चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । १७ हजार ३४ मत गणना हुँदा रेनुले ५ हजार ७१८ मत पाएकी छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् । उनी रेनु दाहालभन्दा ३० मतले पछाडि छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन् ।
महानगरको वडा नम्बर ४ को अध्यक्षमा काँग्रेसका अर्पण पोखरेल २ हजार ४९९ मतसहित विजयी हुँदा एमालेका भानुभक्त सापकोटाले एक हजार ६३३ मत पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम