इलाम । पहिलो स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भएको इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको पुनरोदय भएको छ । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तुला गुरुङ निर्वाचित भएपछि कांग्रेसको पुनरोदय भएको हो ।
उनले नेकपा एमालेका उदय राईलाई पराजित गरे । निवर्तमान अध्यक्षसमेत रहेका राईले तीन हजार २५८ मत पाउँदा गठबन्धनका उम्मेदवार तुला गुरुङले चार हजार २२३ मत पाएका छन् । यसअघि राईले गाउँपालिका अध्यक्ष जित्दा एउटा वडाध्यक्षबाहेक अरु सवै जनप्रतिनिधि एमालेले जितेको थियो ।
वडा नम्बर १ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष नन्द राई एमालेमा प्रवेश गरेका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार थिए । उनी एमालेका उम्मेदवार रहर कुमार राईसँग पराजित भएका छन् ।
उपप्रमुखमा गठबन्धनै तर्फबाट हरिबहादुर लुङ्गेली मगर निर्वाचित भएका छन् । लुङ्गेलीले तीन हजार ६२६ मत प्राप्त गर्दा नेकपा एमालेबाट उम्मेदवार भएकी तुलसादेवी सेडाईले दुई हजार ९८६ मत पाएकी छिन् । देउमाईमा दुईवटाको वडाध्यक्ष एमालेले जितेको छ ।
१ नम्बर वडामा रहर कुमार राई र ५ नम्बर वडामा यज्ञबहादुर गुरुङ, वडा नम्बर २ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका सनम राई वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ४ मा पनि गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टीका ढालबहादुर गुरुङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका लिला बुर्जाले वडाध्यक्ष जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प