एजेन्सी । पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए ।
पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।
ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका नागरिकले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ जेठ २०७९, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु