महोत्तरीको बर्दिबास नगरपालिकामा काँग्रेस बागी उम्मेदवारको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०९ : १०
महोत्तरीको बर्दिबास नगरपालिकामा काँग्रेस बागी उम्मेदवारको अग्रता

महोत्तरी । माओवादी केन्द्रको दवदवा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले  माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए ।प्यानलसहित दर्ता गरेका क्षेत्री समुहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा नं.७, १४ र वडा नं.१ मा  क्षेत्री समूहको जेब्रा चिन्हवाट जित हासिल गरेको हो ।

वडा नं.७ मा रामसोगारथ यादव, वडा नं.८ मा भोला यादव र वडा नं.१४ विजय महतो विजयी वनेका छन । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग  १र१ मतले विजयी बन्दै गएका छन् ।

वडा नंं.१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाइ जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन भने का‌ँग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन  ।

प्रतिक्रिया दिनुहोस