चितवन । भरतपुर महानगरपालिकामा फेरि रेनु दाहालले अग्रता लिएकी छन् । माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रहेकी उनले अर्का उम्मेदवार विजय सुवेदीले भन्दा ३ मत बढी पाएकी हुन्।
एमालेका सुवेदीले ३५७५ मत पाउँदा दाहालले ३५७८ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् । दाहाल र सुवेदी बिच तिव्र प्रतिष्पर्धा देखिएको छ । सय मत गन्दा कुनै बेला दाहालले अग्रता कायम गर्छिन् भने कुनै बेला सुवेदीले अग्रता हासिल गर्ने गरेका छन् ।
यस्तै काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ भण्डारीले १३६० मत प्राप्त गरेका छन् । उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले ४०४३ मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपा गठबन्धन उम्मेदवार हिमला गुरुङले २८१६ मत प्राप्त गरेका छन् । त्यस्तै वडाध्यक्ष तर्फ एमालेका विकास थापाले १०७६ मत प्राप्त गरेका छन् भने काँग्रेसका भरत लामिछानेले ६९० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान