चितवन । भरतपुर महानगरपालिकामा फेरि रेनु दाहालले अग्रता लिएकी छन् । माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रहेकी उनले अर्का उम्मेदवार विजय सुवेदीले भन्दा ३ मत बढी पाएकी हुन्।
एमालेका सुवेदीले ३५७५ मत पाउँदा दाहालले ३५७८ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् । दाहाल र सुवेदी बिच तिव्र प्रतिष्पर्धा देखिएको छ । सय मत गन्दा कुनै बेला दाहालले अग्रता कायम गर्छिन् भने कुनै बेला सुवेदीले अग्रता हासिल गर्ने गरेका छन् ।
यस्तै काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ भण्डारीले १३६० मत प्राप्त गरेका छन् । उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले ४०४३ मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपा गठबन्धन उम्मेदवार हिमला गुरुङले २८१६ मत प्राप्त गरेका छन् । त्यस्तै वडाध्यक्ष तर्फ एमालेका विकास थापाले १०७६ मत प्राप्त गरेका छन् भने काँग्रेसका भरत लामिछानेले ६९० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना