काठमाडौं । यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनास्थलमा राखिएका सीसीटिभी क्यामेरा र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टममार्फत अनुगमन थालेको हो । तथ्यांक प्रवृष्टका लागि आयोगले छुट्टै सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । जसबाट मतगणनास्थलमा राखिएका सीसीटिभीमार्फत आयोगले अनुगमन थालेको हो ।
आयोगको कार्यालयमा स्थापना भएको भिडियो कक्षमा कर्मचारीहरूले चौबीसै घन्टा अनुगमन थालेका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तीन सयभन्दा बढी मतगणनास्थलबाट यसरी अनलाइनमार्फत अनुगमन भइरहेको हो ।
आयोगमा स्थापना भएको कक्षमा एकै पटक ९६ मत गणनास्थलको मत गणना हेर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले यस प्रकारणको प्रणालीमार्फत अनुगमन थालेको नेपालको निर्वाचन इतिहासमा पहिलोपटक भएको प्रवक्ता पौडेलले बताए ।
आयोगले ७५३ वटै पालिकाका मतगणनास्थलमा सीसीटिभी जडान गरिएका छन् । जसमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अनुगमन गरिरहेका छन् । मतगणनामा कुनै विवाद आएमा तथा सुरक्षा दृष्टिलाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो ।
निर्वाचन आयोगले मतगणनास्थलको सुरक्षा व्यवस्थालाई चुस्त, दुरूस्त पार्न सीसीटिभी क्यामेरा जडान गर्न भनेको थियो । सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडान गरेको हो । सोही जडान गरिएको सीसी क्यामेरामार्फत नै आयोगको केन्द्रीय कार्यालयमा रहेका सूचना प्रणालीमार्फत आयोगले अनुगमन गरिरहेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
समानुपातिक बन्द सूचीमा रहेका त्रुटिबारे दलहरूसँग छलफल गर्दै आयोग
आयोगद्वारा नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन