स्थानीय तह निर्वाचन

पद्मा अर्यालका पति वडा सदस्यमै पराजित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १२ : ४९
पद्मा अर्यालका पति वडा सदस्यमै पराजित

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा लडेका पौडेल कांग्रेसका सम्भव अर्यालसँग पराजित भएका हुन् । यद्यपी, निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।

सो वडामा कांग्रेसका उमेदवार पदमराज गुरुङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षमा कांग्रेसका पदमराज गुरुङले ८५० मत ल्याएर निर्वाचित हुँदा एमालेका गिरमानले ८२९ मत पाएका छन् ।  

वडा सदस्यमा निर्वाचित भएका कांग्रेसका सम्भवले एक हजार २२ मत पाउँदा एमालेका लक्ष्मीपतिले ६२६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस